मेष
धेरै लगानीपछि अपेक्षाकृत कम फाइदा हुनेछ । समयमा सतर्कता नपुग्दा केही चुनौती सामना गर्नुपर्ला । आगो तथा हात हतियारबाट विशेष सावधान रहनुहोस् । आज तपाईंका आलोचकहरू सक्रिय रहनेछन् । पति–पत्नीबीच घरायसी सल्लाहमा मतभेद हुन सक्छ । आर्थिक संकटको सम्भावना पनि देखिन्छ, त्यसैले विचार पुर्याउनु उपयुक्त हुनेछ ।
वृष
तपाईंले गरेको कामको कदर भई प्रतिष्ठा बढ्नेछ । पढाइ तथा व्यापारमा प्रगति हुने संकेत छ । जागिरमा अनावश्यक झमेलाको सामना गर्नुपर्नेछ, कसैबाट अपमानित पनि हुन सकिन्छ । कामको क्रममा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन
प्राविधिक काममा सफलता प्राप्त हुनेछ । आत्मविश्वास बढ्नेछ र वैदेशिक क्षेत्रमा गरिएको लगानी सफल हुनेछ । अल्झेका काम सम्पन्न हुँदा मनमा हर्षोल्लास छाउनेछ । पढाइमा भने खासै प्रगति नदेखिन सक्छ । कामबाट सजिलै फुर्सद पाइनेछ र आफन्तसँग भेटघाट हुने सम्भावना छ ।
कर्कट
रोकिएका घरेलु कामहरू बिस्तारै सम्पन्न हुनेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम पूरा हुने र नयाँ अवसर प्राप्त हुने योग छ । आलोचकहरूको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी गर्न सकिनेछ । वैदेशिक तथा व्यापारिक क्षेत्रमा लाभ मिल्नेछ ।
सिंह
केही चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर हुन सक्छ, तर सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनमा क्षति भई अनावश्यक खर्च हुन सक्छ । मानसिक तनाव र शारीरिक अस्वस्थताको सम्भावना छ । चोट पटक लाग्ने जोखिम पनि भएकाले विशेष सावधानी अपनाउनुहोस् ।
कन्या
पढाइ लेखाइमा प्रगति हुनेछ । व्यवसायिक काम केही समय अवरुद्ध हुन सक्छ, तर धन सम्पत्तिमा वृद्धि हुनेछ । महत्वपूर्ण कामहरू सम्पन्न हुनेछन् । लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरू भेटिनेछन् । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको सम्भावना पनि छ, संगीत प्रति आकर्षण बढ्न सक्छ ।
तुला
ऋण सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषजनक रहनेछ । आर्थिक क्षेत्रमा राम्रो लाभ हुने संकेत छ । व्यापार, कृषि तथा वैदेशिक क्षेत्रमा प्रगति हुनेछ । आम्दानी बढ्नेछ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग छ ।
वृश्चिक
व्यापार विस्तार हुने र यात्राको अवसर प्राप्त हुनेछ । रमाइला भेटघाटले मन प्रसन्न बनाउनेछ र पराक्रम बढ्नेछ । व्यापारमा सुधार आउनेछ । यात्राबाट लाभ मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । मनको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउन सक्छ ।
धनु
स्वास्थ्य अवस्थामा सुधार आउनेछ र काम गर्न जाँगर बढ्नेछ । उत्साहजनक समय भएपनि स्वास्थ्यमा अचानक समस्या आउन सक्ने संकेत छ, जसले आर्थिक हानि गराउन सक्छ । धेरै परिश्रम गरेपनि कामको मूल्याङ्कन कम हुन सक्छ । आम्दानी तथा सञ्चित रकम खर्च गर्नुपर्ने अवस्था आउन सक्छ ।
मकर
परिश्रम अनुसार उपलब्धि प्राप्त हुनेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । दिन मध्यम खालको रहनेछ । पढाइमा सफलता मिल्नेछ । आफन्तको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता दिलाउनेछ । खर्च बढ्ने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउन सक्छ । आलोचकहरू सक्रिय हुने भएकाले सावधान रहनुहोस् ।
कुम्भ
आम्दानीमा कमी नआए पनि निरर्थक क्षेत्रमा लगानी हुन सक्ने सम्भावना छ । आज कमाइ खर्चभन्दा बढी हुने योग छ । छर छिमेकबाट सहयोग प्राप्त हुनेछ । दीर्घकालीन फाइदा हुने काममा लगानी गर्न सकिनेछ । व्यापार तथा पेशामा लाभ मिल्नेछ ।
मीन
विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन प्रसन्न रहनेछ । अनौठो खबर सुन्न पाइनेछ । नयाँ तथा सुरु गरेका कामहरू सहजै सम्पन्न हुनेछन् । काम गर्न उत्साह बढ्नेछ । आर्थिक लगानीका लागि अनुकूल समय छ । नयाँ क्षेत्रमा लगानीको अवसर प्राप्त भई मन हर्षित हुनेछ ।




