शरीरमा हुने कोठीको निकै ठुलो महत्व हुने हस्तरेखा ज्योतिषहरू बताउँछन् । उनीहरुका अनुसार शरीरको जुन भागमा रातो कोठी हुन्छ, त्यो शुभ फलदायक हुन्छ । तर कालो कोठीले भने अवस्था अनुसार शुभ तथा अशुभ दुबै फल दिने गर्दछ । घाटि आसपासमा पलाउने मासु (मुसा) को पनि कोठी झै महत्व हुने गर्दछ । शरीरको कुन अंगमा आउने कोठीको असर कस्तो हुन्छ त ?
निधारको मध्य भागमा कोठी : हस्तरेखा ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारको मध्य भागमा कोठी हुन्छ ति निकै भाग्यमानी हुन्छन्। हरेक क्षेत्रमा यि ब्यक्तिलाई सफलता प्राप्त हुन्छ ।
ओठमा कोठी : जुन स्त्री वा पुरुषको ओठ माथि दायाँतर्फ कोठी छ ति ब्यक्तिको जीवनसाथीसँगको सम्बन्ध प्रेमपूर्ण हुन्छ । तर यसको विपरीत बायाँ ओठमा कोठी भएमा जीवनसाथीसँग मतभेद हुने गर्दछ ।
टाउकोमा कोठी : जुन ब्यक्तिको टाउकोमा दायाँ वा बायाँ कोठी छ ति ब्यक्ति अत्यन्त धनी हुनेछन् । तर टाउको मध्य भागमा कोठी हुनेहरुले भने धन कमाए पनि भोग विलासका सुखमा खर्च गर्दछन् ।
छातीको बायाँतर्फ : जुन मानिसको छातिको बायाँतर्फ कोठी वा मुसा पलाएको हुन्छ ति ब्यक्तिको विवाह अधिक उमेरको नहुन्जेल हुँदैन । यस्ता ब्यक्ति कामुक तथा मुटुरोगका बिरामी हुने सम्भावना हुन्छ ।
तल्लो ओठमा कोठी : जुन ब्यक्तिको तल्लो ओठमा कोठी हुन्छ ति ब्यक्ति खानपानका सौखिन हुने गर्दछन् । यस्ता ब्यक्ति आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सक्दछन् ।
हत्केलामा कोठी : हस्तरेखा ज्योतिष अनुसार हत्केलामा कोठी हुनेहरु जीवनमा अपार सफलता प्राप्त गर्ने सार्मथ्य राख्दछन् । यिनिहरु आत्मविश्वासी हुन्छन् ।
औँलामा हुने कोठी : हस्तरेखा ज्योतिषका अनुसार औलामा कोठी हुने ब्यक्ति विवादास्पद हुने गर्दछन् । यस्ता व्यक्तिले जती नै राम्रो काम गरे पनि जस कहिल्यै प्राप्त हुँदैन ।
पेटमा कोठी : जुन ब्यक्तिको पेटमा कोठी हुन्छ ति व्यक्ति भोजनलाई प्रिय मान्दछन् । यदि नाइटोको बायाँ तर्फ कोठी भएमा ति ब्यक्तिमा पेटको रोग हुने सम्भावना हुन्छ । तर नाइटोको मुनी कोठी भएमा यौन रोगको सम्भावना रहन्छ ।
घाँटीमा कोठी : जुन मानिसको घाँटिमा कोठी हुन्छ त्यस्ता ब्यक्ति आवाज राम्रो हुने गर्दछ । साथै यस्ता व्यक्ति आफ्नो आवाजका कारण कमाउने र व्यावसायिक सफलता प्राप्त गर्ने हुन्छ ।






