काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुन ९० हजार ९०० रुपैयाँ कारोबार भइरहेको छ । हिजो सोही परिमाणको छापावाल सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको थियो । तेजावी सुन भने आज प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी भने प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






