एजेन्सी । सामाजिक सञ्जालमा प्राय मानिसहरु आफ्ना बालबालिकाको फोटो हालिरहन्छन्, धेरैलाई यस्तो गर्न मन पर्छ । कतिपयले भने यही काम व्यवसायिक रुपमा नै गरिरहेका हुन्छन् । उनीहरुको आम्दानी पनि राम्रो हुन्छ ।
इन्स्टाग्राममा चर्चित बालक नूह तवरेसको १० लाख भन्दा धेरै फलोअर्स छन् । तवरेसको एउटा पोस्टमा करिब ४४ हजार लाइक आउँछ । उनको प्रतिपोस्ट कमाइ करिब साढे तीन लाख रुपैयाँ हुन्छ ।
यस्तै अर्की बालिका मार्ले ग्रान्टको पनि इन्स्टाग्राममा करिब १० लाख फलोअर्स छन् । उनको पोस्टमा करिब डेढ लाख लाइक आउँछ । उनले प्रतिपोस्ट तीन लाख रुपैयाँ कमाउने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
दुई वर्षीय हैल्स्टन ब्लेक फिशरको कमाइ पनि उस्तै छ । उनको इन्स्टाग्राममा ६ लाख फलोअर्स छन् । उनको एउटा पोस्टमा ५० हजार लाइक आउँछ । उनले प्रतिपोस्ट औसत २ लाख कमाउँछिन् ।






