एजेन्सी । ‘चन्द्रमामा यति धेरै अक्सिजन छ कि ८०० करोड मानिसले एक लाख वर्षसम्म सास फेर्न सक्छन् ।’ यो दाबी अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सी र नासाले गरेको हो । दुई एजेन्सीहरूले अक्टोबर महिनामा एक सम्झौता गरे, जसमा नासाले अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीको रोभरलाई चन्द्रमामा अवतरण गर्नेछ । यसका लागि उसले आफ्नो आर्टिमिस कार्यक्रम प्रयोग गर्नेछ । यो अक्सिजन चन्द्रमाको माथिल्लो सतहमा रहेको वैज्ञानिकहरूले दावी गरेका छन् ।
अस्ट्रेलियाको अन्तरिक्ष एजेन्सी (ASA) को उद्देश्य चन्द्रमाको सतहबाट ढुङ्गाहरू सङ्कलन गर्नु र त्यसबाट लुनार रोभरमार्फत् सास फेर्न सकिने अक्सिजन निकाल्नु हो । अचम्मको कुरा यो कसरी हुन्छ ? यसबारे एएसएका अनुसार विश्वभरका वैज्ञानिक संस्था, सरकार र एजेन्सीहरूले चन्द्रमामा उपनिवेश बनाउन पैसा लगानी गरिरहेका छन् । नयाँ–नयाँ प्रविधि आविष्कार र सिर्जना भइरहेका छन् । चन्द्रमा धेरै पातलो वातावरण छ । यो हाइड्रोजन, नियोन र आर्गन ग्यासको मिश्रण हो । यी ग्यासहरूबाट चन्द्रमामा मानवजस्ता स्तनधारी जीवहरू बाँच्न सक्दैनन् ।
चन्द्रमाको माथिल्लो सतहमा अक्सिजन ग्यासको रुपमा नभई ढुङ्गा र तह मुनि रहेको वैज्ञानिकहरुको दाबी छ । यसको सतहबाट अक्सिजन निकाल्नुपर्छ ताकि मानव बस्ती बसाउने काम सहज होस् । वैज्ञानिकका अनुसार अक्सिजन जुनसुकै रूपमा कुनै पनि खनिजमा पाइन्छ । चन्द्रमाको सम्पूर्ण सतहमा पृथ्वीमा जस्तै ढुङ्गा र माटो छ । चन्द्रमाको सतहमा सिलिका, एल्युमिनियम, फलाम र म्याग्नेसियम अक्साइडहरू प्रचुर मात्रामा छन् । ती सबैमा अक्सिजनको ठूलो मात्रा हुन्छ । तर त्याे रूपमा हाेइन, जुन हाम्राे फाेक्साेले तान्छ ।
ASA ले आफ्नो सम्झौतामा दिएको जानकारी अनुसार एउटा ढुङ्गा फुटाउँदा त्यसबाट दुईवटा कुरा निस्कन्छ । पहिलो अक्सिजन र दोस्रो खनिज । हरेक रेगोलिथमा लगभग ४५ प्रतिशत अक्सिजन हुन्छ । यदि अक्सिजन निकाल्ने हाे भने, हामीले धेरै भारी र अत्याधुनिक प्रविधि प्रयोग गर्नुपर्नेछ । ताकि अक्सिजनको कमी नहोस् । इलेक्ट्रोलाइसिस प्रक्रियाद्वारा पृथ्वीमा एल्युमिनियम बनाइन्छ । विद्युत प्रवाह तरल एल्युमिनियम अक्साइड अर्थात् एल्युमिनाबाट पारित हुन्छ । यसले गर्दा एल्युमिनियम र अक्सिजन अलग हुन्छ । यहाँ अक्सिजन उप-उत्पादनको रूपमा बाहिर आउँछ । तर यो चन्द्रमाको मुख्य उत्पादन हुनेछ । जबकि खनिजहरू उप-उत्पादन हुनेछन् ।
चन्द्रमामा यस्तो रासायनिक प्रक्रियालाई ठूलो मात्रामा सञ्चालन गर्न धेरै ऊर्जा र प्रविधि चाहिन्छ । चन्द्रमाको जमिन भित्र गाडिएका ढुङ्गा बाहेक पनि माथिल्लो सतहको रेगोलिथलाई मात्र हेर्दा र त्यसबाट अक्सिजन निकाल्ने हो भने ८० करोड मानिसले एक लाख वर्षसम्म सास फेर्न सक्ने पर्याप्त अक्सिजन हुनेछ ।
चन्द्रमाको सतहमा प्रत्येक घनमिटरमा १.४ टन खनिज हुन्छ । यी खनिजहरूमा ६३० किलोग्राम अक्सिजन हुन्छ । नासाका अनुसार मानिसलाई दिनभर जीवित रहन ८०० ग्राम मात्रै अक्सिजन चाहिन्छ । यदि कुनै एक घनमिटरबाट ६३० किलोग्राम अक्सिजन निस्कन्छ भने मानिस चन्द्रमामा दुई वर्ष वा सोभन्दा बढी समयसम्म बाँच्न सक्छ । यदि चन्द्रमाको रेगोलिथको औसत गहिराई १० मिटर छ र यसमा रहेको सबै अक्सिजन निकाल्न सक्छौं भने हामीसँग पर्याप्त अक्सिजन हुनेछ, जसले गर्दा ८० करोड मानिसले चन्द्रमामा एक लाख वर्षसम्म सास फेर्न सक्नेछन् ।






