काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९२ लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । गत दुई दिनदेखि सुनको मूल्यमा गिरावट देखिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार भने चाँदी प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




