मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कामको थालनी हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । मध्य सातामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिलाई यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्याउनेछ । कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो हप्ता सोचेभन्दा बढी मेहनत गरेर थोरै मात्रै सफलता प्राप्त गर्न सकिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । नयाँ वस्त्र र अलंकार आदिको प्राप्ति पनि हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सिंह राशि हुनेहरूका लागि प्रेम जीवन सफल हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ अत: भाग्यले विभिन्न अवसर जुराउनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ जिम्मेवारी पाइएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता आर्थिक वृद्धिका साथै शेयर बजारमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शेयर बजार या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता वृश्चिक राशिलाई आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । साताको मध्यबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ । रमाईलो यात्रा र पुनर्मिलनको योग पनि रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएका अधुरा कार्य पुन: प्रारम्भ गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । साताको अन्त्यमा दौडधुप गर्नु परे पनि लाभ हुनेछैन ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता प्रेमी र प्रेमीकाबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभ कार्यमा सरिक पनि हुन सकिनेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता शुभकार्यको योग रहेको छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता मीन राशिका व्यक्तिलाई समाजसेवामा मन लाग्नेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । धार्मिक यात्राको योग पनि छ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुव्ने भय छ अतः सचेत रहनु होला । (अधिक जानकारीका लागि 977-9849559502)




