सर्लाही । एक निर्डर पत्रकारको नाम हो शंखर पहाडी । व्यावसायिक नाम एस.पी.गौरब । अझ त्यो भन्दा पर गएर भन्दा दुर दराज र कुनाकन्दराका भूइँमान्छेको कथा लेख्ने एक भूइँ पत्रकार । उहाँसंग त्यस्तो गौरवलाग्दो विगत पनि छैन । समाज ऋणी हुनुपर्ने गुन लगाएका पनि छैनन् उनले ।
प्रारब्धले उनलाई कलमको पहरेदार बनायो । समाजमा विकृति, विसंगती, कुरीति कुसंस्कार, अन्याय, अत्याचार र भ्रष्टाचारले नाभी गाढिएको कारण स्वास्थ्यकर्मीलाई छाडेर सञ्चारकर्मीको पेसालाई अंगाल्न पुगे उनि ।
त्यही स्नेह संगाल्न सिन्धुलीमा गर्दै गरेको मेडिकल पेशा छाडेर पत्रकारिता गर्न सोलुखुम्बुतिर लागे । आदर्शमा, भाषणमा र भाषामा समाजमा विकृति, विसंगती, कुरीति कुसंस्कार, अन्याय, अत्याचार र भ्रष्टाचारको अन्त्य होइन । समाजमा विकृति, विसंगती, कुरीति कुसंस्कार, अन्याय, अत्याचार र भ्रष्टाचारको व्यावहारमा अन्त्य गर्छु । भनेर संकल्प गरे उनले ।
त्यही आत्मविश्वासको कथा डो¥याउँदै जाँदा घर गाउँ बस्ती, कुनाकन्दरा पुगे उनि । कहिले सोलुको नुम्बर हिमालसंग रमाए, कहिले गोर्खाको मनकामना त कहिले जनकपुरको जानकी मन्दीर अनि कहिले सिरहाको सल्हेश मन्दीर र कहिले सुनकोसीको पानीसंग तरंगिएँ, जे गरे पत्रकारिता गरे ।
कसैलाई गुन लगाउन उनले पत्रकारीता गरेनन् । यदि उनको कर्मले कसैको हित भएको भए त्यो उनको जीवनको सर्वाधिक ठूलो कमाइ हो । यसैलाई पूँजी मानेर उनले आफ्नो यात्रा तय गरेका छन् ।
कर्मवीर र कलमवीरहरुलाई उर्जा थप्नु उनको पहिलो र अन्तिम उद्देश्य हो । गुणात्मक पत्रकारिता उनको प्रतिवद्धता हो । सर्वप्रथम आफूभित्रैबाट शुद्धिकरण थाल्नु पर्छ भन्ने उनि । आवाज विहीनहरुको आवाज बनेको यो सशक्त माध्यमलाई विश्वासको थलो बनाउँ भन्ने महाभियानको थालनी नै उनको पत्रकारीको प्रस्थान विन्दु हो ।
एक्काइशौं शताब्दीको पत्रकारिताले भीड नभई गुणात्मक रस खोजेको छ । त्यो रसको खोजी उनका लागि चुनौती र अवसर दुवै हो । मान्छेसंग मान्छे डराउने प्रदेश नम्बर २ अहिले चेतनाको सिंढीमा उक्लिरहेको छ । यो भू–भागलाई विकृति, विसंगती, कुरीति कुसंस्कार, अन्याय, अत्याचार र भ्रष्टाचारमुक्त र समृद्ध बनाउने दायित्व हामी सवैको काँधमा छ ।
त्यसो त राजनीति भित्रको अपराध र अपराधको राजनीति देशव्यापी चुनौती हो । यो परिस्थितिमा पत्रकारिता राजहाँस बन्न सक्ने अवस्था जटिल बन्दै गएको छ । यदि हामीले नै सुधारको काम गरेनौं भने कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? व्यावसायिकता उनको धर्म, कर्म दुवै हो । अब्बल पत्रकारहरुको बीचमा उनि आफुलाई जावा झिनो पत्रकार भन्न रुचाउँछन् ।
तर भूइँमान्छेको कथा लेख्ने उनि भूइँ पत्रकार समाजको विकृति, विसंगती, कुरीति, कुसंस्कार, अन्याय, अत्याचार र भ्रष्टाचारमुक्त र समृद्ध बनाउने दायित्वमा सधैँ निरन्तर पेशागत र व्यावसायिक पत्रकारको रुपमा चिनिदै निर्डर भएर पत्रकारीतामा उदयमान भएका छन् ।






