मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कसैले झुटो आश्वासन दिन सक्छन् । नाक तथा घाँटीमा समस्या आउला । बुधवारबाट घरमा अतिथिको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । रमणीय र सुखद् यात्राको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो हप्ता परोपकारका क्षेत्रमा लगानीको समय छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रगाढ समेत हुने समय छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन् । प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बजारबाट राम्रो सफलता मिल्ला । अध्ययन अध्यापन सफल रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साताबाट सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा सम्बन्धमा मधुरता समेत छाउनेछ । (अधिक जानकारीका लागि 977-9849559502)




