मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साताको सुरुका दिनमा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । मध्य सातामा चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ । शुभ कार्यको चर्चा चल्नेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको सुरुका दिनमा नयाँ कार्यको योजना बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । प्रेम प्रस्तावको अवसर तथा पुनर्मिलनको योग रहेको छ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शैक्षिक पक्षमा सुधार हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । पदोन्नतिको सम्भावना प्रवल छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको सुरुका दिनमा झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकायको भय रहला । सामान हराउने वा चोरी हुने भय छ । साताको मध्यबाट महिला वर्गबाट सहयोग मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । लाभदायक यात्रा पनि रहला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्ता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लाभदायी यात्रा हुनुका साथै स्थान परिवर्तनको योग रहेको छ । अचल सम्पत्ति हात पर्ने योगछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता नयाँ वस्त्र र अलङ्कारको प्राप्ति हुनेछ । भौतिक साधन र सम्पत्ति जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । भ्रमण र मनोरञ्जनमा सहभागीता भइएला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता सामाजिक सद्भाव र रमाईलो यात्राको योग छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । राजनैतिक कार्यमा ख्याती कमाउने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता कुनै समाचारले मनमा शान्ति छाउनेछ । पद र पदोन्नतिको सम्भावना प्रवल छ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता रमणीय र सुखद् यात्राको योग छ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो सातामा शुभकार्यमा सरिक भईनेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आकस्मिक यात्रा पनि हुनेछ । (अधिक जानकारीका लागि 977-9849559502)




