काठमाडौं । सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई मधेश सरकारले ल्यापटप वितरण गर्ने भएको छ ।
कक्षा १२ मा अध्ययनरत छात्रालाई प्रविधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटप वितरण गर्ने अर्थमन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका हुन् ।
ल्यापटप वितरण गर्नको लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताएका हुन् ।




