काठमाडौं । मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा निर्वाचन क्षेत्र नम्बर ५ बाट एमालेका प्रदेश सभाखतर्फका उम्मेदवार दिपक निरौला पक्राउ परेका छन् ।
यस्तै बुढानिलकण्ठ नगरपालिका-६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोल समेत पक्राउ परेका छन् ।
उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका- ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् ।
उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले कडा चुनौती दिइरहेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि उनीहरूलाई चुनौती दिइरहेका छन् ।




