काठमाडौं । पर्साको प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–१ सडकखण्डमा नियमित चेकिङका क्रममा बालक पक्राउ परेका हुन् ।
महादेवपट्टीबाट खटिएको टोलीले शंकास्पद रूपमा आएको बा प्र ०३–००५ प ४४२९ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।
मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई चेकजाँच गर्दा पिठ्यूमा पछाडि भिरेको झोलाभित्र लुकाइछिपाई राखिएको लागूऔषध गाँजा ५ किलोग्राम फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषध, बा प्र ०३–००५ प ४४२९ नम्बरको मोटरसाइकल र बालकलाई नियन्त्रणमा लिई लागूऔषध कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको थुना अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






