काठमाडौं । शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएपछि ओम समाज अस्पतालमा भर्ना गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविका शिक्षकले विद्यार्थी माथि कुटपिट गरेका थिए ।
कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




