काठमाडौं । ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि निर्घात कुटपिट भएको छ । ललितपुरको चापागाउँ दोबाटोमा ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिट भएको हो ।
कुटपिट गर्ने ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए । राई हाल पक्राउ परेका छन् ।
‘सिसीटिभी हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकास्मात् कुटपिटमा उत्रिएको देखिन्छ,’ उनले भने । राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ ।




