मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।
आज बिहान वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै सवारीका ९ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याएको जनाइएको छ । घाइतेको नाम खुल्न बाँकी रहेको छ । दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।




