काठमाडौं । अब ट्राफिक प्रहरीको चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचमा परेमा नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने भएको हो ।
नागरिक एपका सेवाग्राहीलाई भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको ब्यहोरा जानकारी गराउँदछौ ।’




