काठमाडौं । एनआईसी एसिया बैंकको एटीएमबाट ग्राहकको रकम गायब भएको पाइएको छ । एनआईसी एसिया बैंकको इमाडोलमा रहेको एटीएमबाट ग्राहकले पैसा झिक्न खोजे पनि एटीएमले पैसा नदिई काटेको पाइएको हो ।
नेपाल प्रेस युनियनका अध्यक्ष एवम् पत्रकार महासंघका सचिव महेश गौतमलाई एनआईसी एशिया बैंकले ठग्ने प्रयास गरेको हो । पत्रकार गौतमले बैंकको ठगी बारे मंगलबार सामाजिक संजाल मार्फत खुलासा गरेका हुन् ।
उनले बैंकले ठग्न खोज्दा आफूले पाएको सास्ती र आफ्नो अनुभव बारे उल्लेख गर्दै भनेका छन्, ‘नबोल्दा ठगिने, बोलेर झगडा गर्दा तुरुन्तै पैसा फिर्ता हुने यहि हो प्रक्रिया ? म जस्तै कति ब्यक्ति यसै गरेर पिडित बन्नु भयो होला । आज बैंक गएर अनुभव गरेर फर्किएको छु । तपाईं पनि ख्याल गर्नुहोला ।’
उनले यसरी पोखेका छन् आफ्नो दुखेसो
NIC ASIA बैंकको ठगी बारे धेरैले चासो राख्नु भयो र लेखें : SEPTEMBER १ राती ८ बजेर २ मिनेटको समयको घटना
१. NIC ASIA को इमाडोल कमलपोखरी नजिक ATM बुथबाट पैसा झिक्दा पैसा नआएर चिट आउँछ, ब्यालेन्स काटिन्छ, sms आउछ तर पैसा आउदैन
२. पैसा नआएपछी बैकको गार्ड खोजिन्छ तर देखिदैन र ATM बुथ भित्र बाहिर गरिन्छ
३. २४ घन्टामा फिर्ता हुने भनेर कुरिन्छ तर फिर्ता हुँदैन
४. सेप्टेम्बर ३ मा फिर्ताका लागि निवेदन दिइन्छ तर पटक पटक धाउदा पनि प्रक्रियामा छ भनिन्छ तर फिर्ता हुँदैन
५. पटक पटकको धाउनेक्रम पछि, तपाइको पैसा तपाइले छोडेर जानू भयो, अर्कैले लग्यो भनिन्छ तर स्विकार गर्न सकिँदैन र फुटेज मागिन्छ
६. केही दिनपछि पैसा भैंमा खसेको थ्यो, तपाइले देख्नु भएन र तपाइपछी अर्को ग्राहकले ट्रान्जेक्सन गरेर गएपछी बाटो हिड्ने मान्छेले टिपेर गएको रहेछ भनिन्छ, फुटेज बारे बृफ गरिन्छ, तर स्वीकार गर्न सकिँदैन र पुन: भिडियो फुटेज हेर्न पाउँ भनि माग गरिन्छ
७. भिडियो फुटेज हेर्न बोलाइने भनिन्छ, तर माथिको आदेश लिनु पर्छ भनिन्छ, तर देखाइदैन
८. माथिल्लो तहका हाकिम साब सँग फोनमा संवाद हुन्छ र भेट हुन्छ, सम्बन्धित बिभागका कर्मचारीलाई बोलाइन्छ अनि छलफल हुन्छ, उनिहरुको बृफ भैंमा पैसा खसेको नदेखिएको, ATM भेन्डर सँग कुरा भएको, मेसिनमा समस्या देखिएको, म पछि अर्को सेवाग्राहीले ATM बुथमा कारोबार गरेको, तेस्रो ब्यक्तिले भैंबाट पैसा टिपे जस्तो देखिएको जानकारी दिइन्छ, तर फुटेज देखाइंदैन
९. मेरो प्रश्न एउटै रहन्छ : एटिएमको मेसिनको समस्या कि मेरो ? मलाइ अन्तिम समय आज मंगलबारसम्म पनि भिडियो फुटेज देखाइदैन, देखाउन नमिल्ने जवाफ आउँछ, पैसा खसेकै भए पनि मैले मेरो फुटेज हेर्न बैकले निवेदन माग गरेर निवेदन बुझाउदा हेर्न पाउँने कि नपाउने? अनि एटिएमबाट पैसा भैंमा खस्छ?
१०. NIC हेड अफिसबाट संवाद गरेर निस्किएको लगभग ५ घन्टा पछि २ महिनाबाट ठगिएको मेरो रकम फिर्ता आउँछ, तर मलाइ भैंमा खसेको भनिएको पैसाको फुटेज बैंकले देखाउन सक्दैन र देखाउन नसकिने जवाफ दिन्छ। यो बैंकको ठगी होइन?
११. म बैंकमा गएर हाकिम नभेटेको भए दुई महिनापछि ५ घन्टामा नै पैसा फिर्ता आउने थियो? सबैको त्यो पहुँच हुन्छ? अनि ग्राहकले म ठगिएं भनेर आफ्नो कारोबारको फुटेज माग्दा बैंकले ग्राहकलाइ देखाउनु पर्दैन?
१२. नबोल्दा ठगिने, बोलेर झगडा गर्दा तुरुन्तै पैसा फिर्ता हुने यहि हो प्रक्रिया ? म जस्तै कति ब्यक्ति यसै गरेर पिडित बन्नु भयो होला। आज बैंक गएर अनुभव गरेर फर्किएको छु । तपाईं पनि ख्याल गर्नु होला।




