मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो हप्ता कतै घुम्न जाने योजना बन्न सक्छ । रोकिएका कार्यहरू पुन सञ्चालनमा आउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कृषि कार्यमा सफलता हात लाग्नेछ । समाजमा प्रभाव बनाउन सकिनेछ । साताको अन्त्यमा आत्मघाती काम गर्न पुगिएला, सचेत हुनुपर्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता सेवा गर्ने अवसर जुट्न सक्छ । आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नजिकैको मित्रसँग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । कृषि क्षेत्रबाट राम्रै लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको पूर्वार्द्धमा गरेका काममा ढिलासुस्ती हुनेछ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रने डर छ । मानसिक चिन्ता पनि बढ्नेछ । साताको उत्तरार्ध बाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता अत्यन्तै शुभ रहेको छ समयको सदुपयोग गर्न सके सर्वाधिक फाइदा हुनेछ । धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ र रिसरागलाई नियन्त्रण गर्न पनि जरूरी छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो सातामा घरमा नाता कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत रहनुपर्छ । शेयर बजार पनि नोक्सानदायी रहला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । नयाँ नौलो समाचार सुन्न पाइनेछ । शेयर बजारको क्षेत्र पनि फलदायी नै हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो हप्ता सुख दुःख बराबरी खालको समय छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । करियरको लागि मनमा दुबिधा र खुल्दुली उत्पन्न हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो सातामा नयाँ कार्यको योजना बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । आकस्मिक धनलाभ र महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । साताको अन्त्यमा चोट पटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । साहित्यिक क्षेत्रमा झुकाव हुनेछ, तर स्वास्थ्य प्रति चैं सचेत रहनै पर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको सुरुवातमा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । घर व्यवहारको समस्याले सताउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्धबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काम वा रोजगार पनि पाइन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ र नयाँ र शुभकार्यको अवसर पनि मिल्नेछ । मध्य सातामा मन खिन्न हुने र अनावश्यक ठाउँमा धन खर्च होला । (अधिक जानकारीको लागि 977-9849559502)




