काभ्रे । काभ्रेको चौरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन् । सोमबार साँझ चौरीदेउराली गाउँपालिका ६ मा बोक्सेमा मोटरसाइकल खसेको थियो ।
बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट झण्डै ८० मिटर तल भीरमा खस्दा मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी अन्दाजी ४५ वर्षीया गोमा चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक गोमाका पति ४८ वर्षीय डिल्लीप्रसाद चौलागाईं गम्भीर घाइते भएका छन् । मोटरसाइकल सडकबाट झण्डै ८० मिटर लत भीरमा खस्दा पत्नीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते डिल्लीप्रसादलाई प्रहरीले सुरुमा घटनास्थलबाट उद्धार गरी उपचारको लागि स्थानीय धुसेनी शिवालय अस्पतालमा पुर्याएको थियो । अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारको लागि धुलिखेल अस्पतालको शाखा कार्यालय कात्तिक देउरालीमा लगिएको प्रहरीले जनाएको छ ।




