काठमाडौं । ललितपुरको तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सडक छेउमा रहेको रूखमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना सिन्धुलीको मरिण गाउँपालिकाका हुन् ।
हिजो बेलुका गोदावरी नगरपालिका वडा नम्बर १० तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा उनीहरुलाई पाटन अस्पताल लगिएकोमा त्यहीँ उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।




