बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट ३० हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ । बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियारले नियन्त्रणमा लिइएको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका थिए । आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएका टोलीले उनलाई आज नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




