पश्चिम नवलपरासी । रुपन्देहीको रोहिणी गाउँपालिका ३ धकधइमा नेपाल प्रहरीले पक्राउ गरेको सुकेको शिद्रा माछा नवलपरासी कै भएको पुष्टि भएको छ । मंसिर १० गते धकधइमा चेकजाँचको क्रममा लु २ च ८५४६ नम्बरको पिकअपमा २४ बोरा करिव १२ सय किलोग्राम सुकेको शिद्रा माछा प्रहरीले बरामद गरेको थियोे ।
प्रहरीले सुरुको अनुसन्धानमा भारतीय माछा भएको पुष्टि गरेपनि अहिले त्यो माछा नवलपरासी पश्चिम जिल्ला सुस्ता गाउँपालिका वडा नं. २ सतपत्तीको लक्ष्मी एकीकृत कृषि फर्मको रहेको उक्त फर्मका संचालक विजय चौधरीले दावी गरेका हुन् । चौधरीले आफ्नै फर्ममा उत्पादन गरिएको माछालाई प्रहरीले भारतीय माछा भएको पुष्टि गरेकोमा दुख व्यक्त गरेका छन् ।
उनले अनुसन्धानको क्रममा भेटेरिनरी परासीका डाक्टर निरज पासवान र भैरहवा भेटेरिनरी कार्यालयका प्रमुख भक्त न्युरेले स्वम स्थगत अनुसन्धान गरि स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त माछा नेपाल कै भएको र ठीक साचो प्रमाणित पशुपंक्षी/पशुपंक्षीजन्य पदार्थ ऐन अनुसार निरीक्षण गरेको र यसमा कुनै किसिमको कुनै पनि सर्ने खालको संक्रमित रोग नभएको पुष्टि र ओसारपसार तथा बिक्री वितरण गर्न योग्य रहेको जानकारी दिए ।

उक्त माछा नवलपरासी पश्चिम जिल्लाको रामनगर नाकाबाट अबैध रुपमा भित्रिएको विभिन्न समाचार माध्यममा प्रकाशित भएको थियो । माछा किन्ने व्यापारी कपिलवस्तुका बिशु मुसलमानले पनि नवलपरासी पश्चिम जिल्लाको सुस्ता गाउँपालिका २ सतपत्ती स्थित लक्ष्मी एकीकृत फर्मबाट किनेको बताएका छन् ।
अहिले भेटेरिनरी परासी र भैरहवाले उक्त माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा अनुसन्धानको क्रममा सुस्ता २ लक्ष्मी एकीकृत फर्ममा उत्पादित भएको पुष्टि गरेपछि सत्यतथ्य बाहिरिएको हो । प्रहरीलाई बदनाम गर्ने गरि केही तत्व लागि परेको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक (एसपी) काजि कुमार आचार्यले आफ्ना मातहतका सम्पुर्ण ईलाका प्रहरी, प्रहरी चौकी तथा चेक पोष्टलाई अबैध तस्करी नियन्त्रण गर्नलाई कडा निर्देशन दिदै आएको बताए ।
यता इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख श्याम प्रकाश यादवले आफ्ना मातहतका सम्पुर्ण प्रहरी चौकी तथा चेक पोष्टलाई अबैध चोरी पैठारी तथा तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएको प्रहरी स्रोतले बताएको छ ।
उनी इलाका प्रहरी कार्यालय बेलाटारीका जिम्मेवारी निर्वाह गरेदेखि इलाका भित्रका स्थानिय जनतालाई शान्ति सुरक्षा तथा प्रहरी हाम्रो साथी भएको महसुस हुन गरेको स्थानीय सुस्ताका महातम बिनले बताए ।

निरीक्षक यादवले केही व्यक्तिले आफूलाई बदनाम गर्न लागि परेको बताएका हुन् । इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश यादव घुमुवा नभई आफ्नो प्रहरीको डियुटी निर्वाह गरिरहेको बेलाटारी प्रहरीले जनाएको छ ।
उता रामनगर प्रहरी चौकीका इन्चार्ज पुरन केवटले रुपन्देहीमा बरामद गरिएको सुकेको शिद्रे माछा रामनगर नाकाबाट नगएको बताउँदै आएका थिए । गेर्मी प्रहरी चौकीका सहायक हवलदार ओमप्रकाश यादवले घुमुवा नभई समान्य प्रहरीको डियुटी गर्दै आएको उक्त चौकीका प्रमुख इन्चार्ज ब्रिजेश निषादले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा कार्यरत प्रहरी सहायक हवल्दार किरन कुवर र प्रहरी जवान प्रदिप गुप्ता जिल्ला घुमुवा नभई सुचना संकलन तथा फरार प्रतिवादीलाई पक्राउ गर्नका लागि खटाइएको प्रहरी उपरीक्षक काजि कुमार आचार्यले जानकारी दिए ।




