चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका १० कठारको माझी बस्तीमा एक महिलालाई श्रीमानले कुटेर गम्भीर घाइते बनाएका छन् । २७ वर्षकी राधिका माझीलाई उनका श्रीमानले कुटपिट गरेका हुन् ।
३० वर्षका गर्भा माझीले रक्सी सेवन गरी साँझ ६ बजेतिर कुट्दा टाउकोमा चोट लागेर राधिका गम्भीर घाइते भएकी छन् । मादक पदार्थ सेवन गरी गर्भाले कुटपिट गर्दा घाइते भएकी राधिका बेहोस अवस्थामा छिन् ।
उनलाई इलाका प्रहरी कार्यालय खैरहनीले उपचारको लागि भरतपुर अस्पताल लगेको छ । भने, श्रीमान् गर्भालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार गर्भा अहिले रक्सीले मातेको कारणले के कारणले कुटपिट गरेको खुलेको छैन ।
गर्भाले यसअघि पनि कुटपिट गर्दा राधिकाको दाहिने हात भाँच्चिएको थियो । तीन वटा छोराछोरीलाई राधिका एक्लैले रेखदेख गर्दै आएकी थिइन् । आफू काम पनि नगर्ने तर, मादक पदार्थ सेवन गरी राधिकालाई गर्भाले हरेक दिन कुटपिट गर्ने गर्दथे ।




