रसुवा । रसुवा आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटनामा परेको छ । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ सवार गाडी दुर्घटना भएको हो । नुवाकोटको ढुङ्गेमा बा २ झ ३७८७ नम्बरको बोलेरो जिप दिउँसो दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा ३ जना सामान्य घाइते भएका छन् भने एक जनालाई ग्रान्डी हस्पिटलमा पठाइएको छ । आज सार्वजनिक बिदाको दिनमा गाडी दुरुपयोग भएको हो भने मादक पदार्थ समेत सेवन गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।




