विराटनगर । विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन फोडिएको छ । चोरी गर्ने उद्देश्यले एक व्यक्तिले बिहिबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार एटिएम मेसिन फुटाएर चोरीको प्रयास भएको हो । तर, सो व्यक्तिले एटिएम फुटाए पनि रुपैयाँ भने निकाल्न सकेनन् ।
सिसिटिभी फुटेजको आधारमा घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।




