तुलसीपुर । वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन् । बुधबार साँझ ५:१५ बजेतिर लु २ त ५१६४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
घाइते हुनेहरु सबै गढवा गाउँपालिका ४ पर्साका रहेको प्रहरीले जनाएको छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक गढवा गाउँपालिका ४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।




