रौतहट । फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरूले नगर पालिकामा तलबको माग गर्दै धर्नामा बसेका छन् । साउन महिनादेखि तलब नपाएकोले शिक्षकहरू आजदेखि धर्नामा बसेको बताएका छन् ।
नगरपालिकाका मेयर गोपालराय यादव निलम्बनमा परेकाले उपप्रमुख अमवेया खातुन अहिले नगर प्रमुखको भूमिकामा छिन् । निलम्बित मेयर यादवका पक्षधर र उपमेयर खातुनका पक्षधरबीच कार्यालय प्रमुखको सरुवाको विषय लिएर हुँदै आएको विवादका कारण नगर पालिकाका नगरसभा हुन सकेको छैन ।
पटक पटक नगरसभा आह्वान भएपनि बैठकमा बहुमत नहुँदा नगरसभा हुन नसकेको प्रशाकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।




