तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका ६ मौरीबारीमा बिहिबार बिहान बस पल्टिँदा चालकसहित ३२ जना यात्रु घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बस आफैं अनियन्त्रित भई पल्टिएको हो ।
वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याएको छ ।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको मणिपाल शिक्षण अस्पताल पोखरा र २९ जनाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




