काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ९ हजार २४७ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २१९ जना र १० देखि १९ वर्षका ६४६ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका २ हजार १४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार २२० जना छन् । ४० देखि ४९ वर्षका १ हजार ७२२, ५० देखि ५९ वर्षका १ हजार २१८ जना, ६० देखि ६९ का ६८८ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का ३०७ जना, ८० देखि ८९ का ११८ जना, ९० देखि १०० वर्ष उमेरका १३ जना र उमेर नखुलेका ३३ जना छन् । अहिले देशभर १ हजार २५९ जना आईसीयूमा र ४०० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






