भरतपुर । चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका २ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किँएको हो ।
घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।




