काठमाडौं । रात्रीकालिन डिउटी सकेर कोठामा फर्किने क्रममा प्रहरीकै भ्यानबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । काठमाडौंको बलम्बु नजिकै गएराति सवा ११ बजेको समयमा प्रहरीको बा १ झ ७४१८ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो ।
राति नै उपचारका क्रममा नेपाल एपिएफ अस्पताल बलम्बुमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । भ्यानका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




