पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न तिनाउ गाउँपालिका ६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो । दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार घाइतेहरूको उद्धार गरी लुम्बिनी मेडिकल कलेज पठाइएको छ । घाइते र मृतकहरूको पहिचान अझै खुलेको छैन । घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।




