रामेछाप । रामेछाप नगरपालिका ९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन् । दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको हो ।
यस्तै रामेछाप नगरपालिका ८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन् । घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




