काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको बस गएराति सवा १२ बजे कपिलवस्तुको शिवराज नगरपालिका १ मा सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।




