रौतहट । दूधको पैसा नपाएपछि रौतहटका दूध किसानले पुर्वपश्चिम राजमार्ग २ घण्टा बन्द गरेर विरोध गरेका छन् । डिडिसी र रौतहटका निजी डेरीलाई बिक्री गरेको दूधको पैसा किसानले पाएका छैनन् ।
रौतहटका दूध उत्पादक किसानले चन्द्रनिगाहपुर मुख्य सडक खण्डमा बिहान १० बजेदेखि १२ बजेसम्म २ घण्टा चक्काजाम गरेका हुन् । दूध किसानको रकम भुक्तानी नदिएको भन्दै किसान सडकमा उत्रिएका हुन् ।
किसानले उत्पादन गरेको दूध विभिन्न सहकारी संस्थाहरु मार्फत संकलन गरि हेटौडा दूग्ध वितरण आयोजना र निजि दूग्ध व्यवसायीहरुलाई बिक्री वितरण गर्दै आईरहेकोमा विगत ६ महिनादेखिको दूधको भुक्तानी रोक्ने, नेपाल सरकारले तोकेको मुल्यभन्दा कम तोक्ने, नियमति खरिद नगर्ने जस्ता समस्या रहेको किसानको भनाई छ ।




