धनकुटा । धनकुटामा गुडिरहेको मोटरसाइकलमा रूखको हाँगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । बिहिबार अपराह्न ३ बजे धनकुटा नगरपालिका ४ स्थित देव्रेवासमा गुडिरहेको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।
धनकुटाबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलमा रूखको हाँगा खसेर लाग्दा मोटरसाइकलको पछाडि सवार धनकुटा नगरपालिका–१ स्थित हिलेकी ३० वर्षिया उषा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सडक नजिकै रहेको शिरिषको हाँगा भाँचिएर लाग्दा तामाङको टाउको र छातिमा चोट लागेको थियो । उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको हो । मृतकका श्रीमान मोटरसाइकल चालक आशिष तामाङ भने सकुशल रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




