काठमाडौं । ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक पुरुषको ज्यान गएको छ । मोलुङ गाउँपालिका २ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा अड्किएपछि ढलेर बेहोस भएका थिए ।
उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।




