महोत्तरी । असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ । आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी भेगमा गहुँ, जौ, अरहर ९रहरी० र वैशाखी तरकारी बालीमा नोक्सान गरेको हो ।
जिल्लाका भारतीय सीमावर्ती सोनमा, सम्सी, मनराशिवा, गौशाला, औरही, रामगोपालपुर र बलवासहितका स्थानीयतहका बस्तीमा हुरीबताससँगै असिनापानी परेको थियो । दुई/चार दिनभित्रै काट्ने तयारीमा रहेको गहुँबाली असिनाले चुटेर खेतमै लडाएको स्थानिय बताउँछन् ।
असिनापानीले गहुँबालीमा सबैभन्दा बढी क्षति पुगेको छ । यसैगरी जौ, मुसुरो, चना र रहरी असिनाले चुटेर झारेको किसानको भनाइ छ । फर्सी, लौका र घिरौँला जस्ता लहरे तरकारीमा क्षति पुगेको स्थानियले बताएका छन् ।
असिनापानी र हुरीबतासले भङ्गाहा र एकडाराको पश्चिमतर्फको भेगमा पनि क्षति पुर्याएको छ । महोत्तरीमा पाँच दिनयता पानी परिहेको छ । लामो समयपछि पानी पर्दा बालीनालीलाई राहत मिलेको भएपनि असिनापानी र हुरीबतासले किसानलाई ठूलो क्षति पुर्याएको हो ।




