मोरङ । सरुवा माग्ने शिक्षिकालाई फेसबुक म्यासेन्जरमै यौन प्रश्ताव राखेको स्क्रिनसर्ट सार्वजनिक भएपछि मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको भागाभाग भएको छ ।
काफ्ले शुक्रबारदेखि नै कार्यालयमा अनुपस्थित छन् । उनी चैत ५ मा इमेलमार्फत बिदाको पत्र पठाएर हिडेको जनाइएको छ । अधिकृत काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।
स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो ।
ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् तर काफ्लेले आर्थिक पाटो र यौनको पाटो अलग्गै हो भन्दै पटक पटक यौन प्रस्ताव राखिरहेपछि सो काण्ड छताछुल्ल भएको हो ।
यस विषयमा काफ्लेले प्रतिक्रियामा भने आफूले कसैसँग त्यस प्रकारको गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन् । यो विषय हाल जिल्ला प्रशासन कार्यालय मोरङमा पनि पुगेको छ ।




