काठमाडौं । चैत महिनामा नेपालबाट कामको खोजीमा झन्डै ७१ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुन: श्रम स्वीकृति लिनेको संख्या हो ।
विभागका अनुसार चैत २०८० मा यूएईमा मात्र १७ हजार ८१८ जना नेपाली विदेशिएका छन् । साउदी अरेबियामा १३ हजार ६४१ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा १२ हजार ६०२, कतारमा ११ हजार २०४ र कतारमा ४ हजार ७६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
यस महिनामा रोमानियामा २२ सय ९९, जापानमा १३ सय ५१, बहराइनमा ९६४, क्रोएसियामा ९६०, साइप्रसमा ७८१ जनाले श्रम स्वीकृति लिएका छन् । गत वर्षको ९ महिनामा ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए ।




