झापा । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मोटरसाइकल र बोलेरो एकआपसमा ठोक्किँदा सवारी साधनमा सवार ३ जनाको निधन भएको हो ।
बिहान ५:३० बजेको समयमा शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाइएको छ ।
मृतकको तत्काल नाम थर वतन खुल्न सकेको छैन । दुई जना अन्दाजी २५ वर्षका र एक जना १६ वर्षको रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




