पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज शपथ लिएका छन् ।
मन्त्रीमा कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टीका हरिशरण आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीकी मधुमाया अधिकारीले शपथ लिएका हुन् । मन्त्रीहरुले बिना विभागीयमा सपथ लिएका हुन् । मुख्यमन्त्री पोखरेलले तत्काललाई ११ वटै मन्त्रालय आफैंसँग राखेका छन् ।






