काठमाडौं । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा बस पल्टिँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस बुढीगंगा ३ बाँसबारी चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।
सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुखले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।
मोटरसाइकल चालक सुनसरी देवानगञ्जका ४६ वर्षीय समाउद्दिन खानको छातीमा चोट लागेको छ । दुर्घटनामा परी घाइते भएका घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको समेत ट्राफिक प्रहरीले जनाएको छ ।




