झापा । झापामा एकल महिलाको बीभत्स हत्यापछि लुटपाट भएको छ । झापाको बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको हो ।
मंगलबार राति १२ बजेतिर लुटपाटमा आएको टोलीले स्थानीय करिब ६८ वर्षीया एकल महिला विष्णुमाया विष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरी घरमा भएको धनमाल लुटपाट गरेर लगेका हुन् ।
रातिको समयमा होहल्ला भएपनि गाउँले उठेर हेर्दा शान्त भएको, तर बिहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाइ छ । यस घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले अनुसन्धान थालेको छ । लुटपाटपछि हत्या गरेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




