सुर्खेत । मोटरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् ।
प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका ३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क प्र–०३–००१ प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएका थिए ।
नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।




