सुनसरी । धरान उपमहानगरपालिका ८ स्थिमा बुढासुव्वा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३ सय १३ किलोसहित सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका १५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउण्डभित्र शंकास्पद अवस्थामा रहेको गाडीबाट गाँजा बरामद गरेको हो ।
बा १० च ६८३८ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




