काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु गरेको छ । सेनाले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १६ सय ३३ मिटर लामो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको आज ब्रेक थ्रु गरेको हो ।
द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गमध्ये निकट भविष्यमा दुवै तर्फको निजगढतर्फबाट काठमाडौंतर्फ जाने सुरुङमार्गको पनि विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ ।




