नुवाकोट । नुवाकोटको राउतबेंसी खोलामा शनिबार भएको दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दुप्चेश्वर ३ राउतबेशीकी ४० वर्षिया रुप्सानी तामाङ रहेकी छन् ।
दुप्चेश्वर ४ पुरगाउँबाट समुन्द्रटारतर्फ जाँदै गरेको बा २ ख ६३८१ नम्बरको बसले राउतबेशी खोला मोटरपुल नजिकै ढलान सडकको उकालो मोडमा विपरीत दिशाबाट आइरहेको बाप्र ०२०२ प ४८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी रुप्सानी र मोटरसाइकल चालक उनका पति ४३ वर्षीय अस्कर तामाङ गम्भीर घाइते भएकोमा उद्धार गरि उपचारका लागि काठमाडौं लगिएको थियो । इलाका प्रहरी कार्यालय खरानीटारले चालकलाई नियन्त्रणमा लिएको छ ।




