धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जनकपुर उपमहानगरपालिका १ बाट उद्धार गरिएको हो ।
नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माइती नेपालको टोलीले उनीहरुको उद्धार गरेको हो ।




